Thursday, December 13, 2018

प्यसनकाे रूपमा काम गरे राम्रा्े : इन्टरनेट मार्केटिङ

रातमा होस् । दिनमा होस् । करले हैन । रहरले गरेपछि ढिलो चाडो प्रतिफल प्राप्त गर्न सकिन्छ ।


प्राय डिजिटल मार्केटिङकाे काम म रातमा गर्ने गर्छु । दिनमा पनि अन्य कामहरु कम बढि अनलाइनमै बिजि हुन रुचाउछु । मेरो प्राथमिकतामा कमाई गर्ने प्रेशर खाँसै पर्दैन । कमाईभन्दा बढि अनलाइन मेरो निम्ति प्यासन हो ।

म यो काम गर्दा रमाहट गर्छु । मोटिभेट हुन्छु । धेरै कुराहरु सिक्न पाउछु । प्राक्टिकल्ली पनि उपयोग गर्न मन परिहाल्छ । कुनै नयाँ काम थाल्दा, नयाँ मार्केटिङ टुल्स चलाउदा हल्का लगानी पर्छ नै ।

इन्टरनेट मार्केटिङमा लिड पेजेस्, अटो रेस्पोण्ड जस्ता कुराहरु अधिक आउछन् । फनल भन्ने च्याप्टर त धेरै महत्वपुर्ण हुन्छ । यि कुरा प्रयोग गर्नको निम्ति लगानी को आवश्यकता पर्छ नै । लगानी गर्न पनि डराउनुहुदैन । म ति कुराहरुमा लगानी गर्छु ।

तर लगानीपुर्व अधिकतम रिसर्च, गहन कुराकानी र छलफल चाहि गर्नैपर्छ ।

म मिलिनियर त हैन । तर यति चाहि भन्छु । एक लाख रुपैया महिनामा नेपालमै बसि बसि अनलाइनबाट कमाउन सम्भव छ ।
र म पनि यसमा काम गर्दै सिक्दै राम्राे इनकम गर्न प्रयास गरिरहेकाे नै छु र अहिले थाेरै भएपनि इनकप जेनेरेट भै नै रहेछ ।

मेरो एउटै चाहाना के छ भन्दा नेपालीहरू अाजकाे जेनेरेशनमा डिजिटली अगडी बढुन् र नेपाललार्इ भविषयमा डिजीटल नेपालले चिनून् ।

हाम्राे देशमै धेरै यसता नेपाली युवाहरू हुन् जाे कि घरमै वसेर राम्राे इनकम गरिराख्नु भाकाे छन् ।

उदाहरण नै लिनू परेमा जितेन रार्इ सर जाे कि घरमै वसेर अन्लार्इन विजनेस सुरू गर्नुभाे र उँहाले नेपाली भाषामा अनलाइन मार्केटिङको महत्व र यसको अवसरको बारेमा प्रशष्त तालिमहरु बनाई भब्य तालिम दिएर नेपाली यूवाहरुलाई अनलाइनबाट अवसर उपलब्ध गराई आर्थिक आम्दानी गर्नमा सफल पार्न जितेन रार्इ सर नै हुन् ।

जितेन रार्इ सरकाे धेरै जसाे विध्दयार्थी सफल भएका छन् र ती विध्दयार्थी मध्य म एक हाे । र
म जितेन सरलार्इ मुरि मुरि धन्यवाद गर्नचहान्छु कि हामी जस्ताे युवालार्इ घरमै वसेर, मेहेनत गरेर कमाउने अवसर प्रदान र माेटिभेट गरेकाेमा । र सिमाेन गैरे सरलार्इ पनि धेरै नै धन्यवाद जाे कि उँहा मेराे स्पाेन्सर, गार्इड हनुहुन्छ ।

थाेरै फेरि पनि अन्लार्इन मार्केटिङकाे वारेमा लेख्न जादैँ छु ।

अन्लार्इन मार्केटिङ सजिलो छैन । त्यसको लागि निकै मेहनत, परिश्रम र धैर्यताका साथ काम गरियो भने मात्र सम्भव छ । त्यस कारण जो पनि अनलाइन क्षेत्रमा निरन्तर संघर्ष गरिराख्नुभएको छ भने तपाईले सिक्नको निम्ति भने कहिले पनि पछि नपर्नुहोला । त्यसको नतिजा अर्थात रिजल्ट भव्य आउँछ । आशा छ तपाईको आगामी दिनहरु सुखद होस् ।
धन्यवाद ।
कसैलाई अनलाइन मार्केटिङ सिक्न चाहानुहुन्छ र अनलाईनबाट आर्थिक आम्दानी गर्ने रहर छ भने मलाई इमेलमा यि कुरा लेखेर पठाउनुस् कि तपाई अनलाइनबाट काम किन गर्न चाहानुहुन्छ र कति आम्दानी गर्न चाहानुहुन्छ ? कम्प्युटर सम्बन्धि तपाईको ज्ञानहरु के के छ ?

र्इमेल : dilipch403@gmail.com
contact no : 9806860170

No comments:

Post a Comment

Contributors